Monday, February 17, 2025

अधुरो प्रेम

 तिमीलाई जिन्दगी सोचेँर सपना सजाएँ

पूरा हुन सकेन 

तिमी फूलदानी थियौ म फूल भएँ

तर अहिले फूल ओइलाएर गए

म फूलदानी उस्तै छु।


एकै बोटका हामी 

तिमी गुलाब हुँदा म काँडा थिएँ

कसैद्वारा टिपियौ तिमी

आज बोट उस्तै छ म काँडा उस्तै छु।


म घाम भएर तिमीलाई

मेरो किरणले दिनमा त लुकाएँ

तर रातमा उदायौ तिमी र कसैकी भयौ।


खोला जस्तै हाम्रो सम्बन्ध बगिरहोस् भन्थेँ 

तर आज खोलाले अर्कै दिशा मोड्यो 

कहाँ गएर झरना बन्यौ तिमी र कसले चोर्यो सुन्दरता?

म बगर बनेर त्यही ठाउँमा चुपचाप छु।


तिमीलाई मनमा सजाएर राखेको थिएँ

तर थाहाँ थिएन

सजाएको थोक पनि मनबाट ,

खस्न सक्छ भनेर।


गन्तव्य एउटै थियो 

तिमी र म 'हामी' थियौँ

तर हाम्रो अघि यसघढी दोबाटो आएको छ।





                                @ñï$#✍️

No comments:

Post a Comment

Good Bye Legends

 Congratulations Team India, end of an era, two much loved batting players retired today, and most loved all rounder Jadega also retired and...