Tuesday, February 18, 2025

Good Bye Legends

 Congratulations Team India, end of an era, two much loved batting players retired today, and most loved all rounder Jadega also retired and most loved batting coach Rahul Dravid also retired, we will always remember Rohit , Virat, Jadega and To coach Rahul. Good bye legend's.


Monday, February 17, 2025

रुबाई

 मायाको कुरा नगर यहाँ बाटो मोडेर गएपछि ,

सहयात्री पनि नभन यहाँ साथ छोडेर गएपछि ,

यो जन्म तिम्रै लागि भन्थ्यौं त प्रिये तिमीले ,

देखियो तिम्रो बाचा पनि मुटु तोडेर गएपछि।

     

                         @ñï$#✍️

अधुरो प्रेम

 तिमीलाई जिन्दगी सोचेँर सपना सजाएँ

पूरा हुन सकेन 

तिमी फूलदानी थियौ म फूल भएँ

तर अहिले फूल ओइलाएर गए

म फूलदानी उस्तै छु।


एकै बोटका हामी 

तिमी गुलाब हुँदा म काँडा थिएँ

कसैद्वारा टिपियौ तिमी

आज बोट उस्तै छ म काँडा उस्तै छु।


म घाम भएर तिमीलाई

मेरो किरणले दिनमा त लुकाएँ

तर रातमा उदायौ तिमी र कसैकी भयौ।


खोला जस्तै हाम्रो सम्बन्ध बगिरहोस् भन्थेँ 

तर आज खोलाले अर्कै दिशा मोड्यो 

कहाँ गएर झरना बन्यौ तिमी र कसले चोर्यो सुन्दरता?

म बगर बनेर त्यही ठाउँमा चुपचाप छु।


तिमीलाई मनमा सजाएर राखेको थिएँ

तर थाहाँ थिएन

सजाएको थोक पनि मनबाट ,

खस्न सक्छ भनेर।


गन्तव्य एउटै थियो 

तिमी र म 'हामी' थियौँ

तर हाम्रो अघि यसघढी दोबाटो आएको छ।





                                @ñï$#✍️

Good Bye Legends

 Congratulations Team India, end of an era, two much loved batting players retired today, and most loved all rounder Jadega also retired and...